जनकपुरधाम:अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका ब्यक्तिलाई छटाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उप–महानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल छन् । पक्राउ परेका उनले अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी कसुर मुद्दाको पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्जमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी १० लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाइदिन्छु भनी सात लाख ठगी गरेको प्रहरीको भनाइ छ । पुर्पक्षमा रहेकाहरूका आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको