जनकपुरधाम:धनुषामा एक परिवारलाई नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै जनप्रतिनिधिको अगुवाईमा गाउँलेले वृद्ध दम्पतिलाई कुटपिट गरेका छन् ।

जिल्लाको मिथिला बिहारी नगरपालिका १० का ९० वर्षीय मुरली झा र उनकी पत्नी कलादेवीलाई गाउँलेले नातिनीको अन्तरजातीय विवाह गराई समाज बिगार्ने काम गरेको भन्दै वडा सदस्य धर्मकान्त झाको अगुवाईमा कुटपिट गरेको हो । घटना बाहिर आएको थिएन, पिडीत परिवारले उजुरी दिएपछि घटना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घटना गत मंगलबार साँझ आफ्नो नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै गाउँले मुरली र कलादेवीलाई कुटपिट गरिएको मुरलीकी बुहारी सरिता झाले आफ्ना परिवारका सदस्यहरूमाथि कुटपिट भएको भन्दै प्रहरीमा दर्ता गराइएको उजुरी भनिएको छ ।

गत सोमबार सरिताकी २३ वर्षीया छोरी महिमाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरेकी थिइन् । कुरा बाहिरिएपछि उनका परिवारले अन्तरजातीय विवाह गराएपछि गाउँलेले सामाजिक सद्भाव बिगारेको भन्दै वृद्ध दम्पत्तीमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीमा दर्ता भएको उजुरीमा वडासदस्य ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाले कुटपिट गरेको भनी विपक्षी बनाइएको छ । उनीहरूले विवाह खारेज गर्नसमेत दबाब दिएको पिडीतको भनाई छ ।

पीडित परिवारले उनीहरूलाई कारबाही गर्दै सुरक्षा दिन माग गरेको छ । उजुरीपछि घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको