जनकपुरधाम:प्रहरीले धनुषाबाट एकैदिन ५२ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जटहीबाट खटिएको प्रहरीको टोलीले नगराईन नगरपालिका २ स्थित नेपालको सिमावर्ती क्षेत्रबाट लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जनाएको छ ।

भारतीय बजारमा गई लागुऔषध सेवन गरेर नेपालतर्फ आउने ५२ जनालाई नियन्त्रणमा लिएको उहाँले बताएको छ । धनुषा प्रहरीले सञ्चालन गरेको सिडियार(क्यामपेन फोर ड्रग युजर रिफर्मेसन) अभियान अन्तर्गत उनीहरुलाई नियन्त्रण लिइएको हो । प्रहरीले नेपालको सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको उनीहरुलाई साँझ मनोसामाजिक परामर्शकर्ताद्धारा लागुऔषधबाट पर्ने असरहरुबारे परामर्श दिएर छोडिएको प्रवक्ता अवाले जनाए ।

लागुऔषध छोड्नलाई उत्प्रेरित गर्ने खालको परामर्श दिएर सेवनकर्ताहरुलाई छोडिएको उनले बताए । यो अभियान विभिन्न नाकाहरुमा सरप्राईज हिसाबले निरन्तर चल्नेछ, प्रवक्ता अवाले भने, त्यसका लागि बोर्डरमा रहेको प्रहरी युनिहरुबाटै केही जनशक्तिलाई विशेष रुपमै खटाईएको छ ।

यस अभियान अन्तर्गत लागुऔषध सेवनकर्तालाइ परामर्श दिएरै छोडिएपनि ओसारपोसार गर्ने तथा भण्डार गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्धा प्रकृया नै अगाडी बढाउने गरेको प्रवक्ता अवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको