मधेस सरकार नढल्ने संस्थापन पक्षको दावी

जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशका सबैभन्दा पहिलो असर देखिएको छ । विकसित परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको आकस्कि बैठक बोलाएका थिए । बैठकमा पार्टी विभाजनपछि उत्पन्न राजनीतिक परस्थिति र मधेस सरकारलाई ढल्नबाट जोगाउने बाटोको विषयमा छलफलमा भएको श्रोतले जनाएको छ । यसका साथै आज संसदीय दलको बैठक समेत डाकिएको छ ।

मधेशमा जसपा नेतृत्वको सरकार छ । यस पार्टीसँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा सांसद राजु गुप्ता भन्छन्, ‘हामी सबै अध्यक्ष जीकै साथमा छौं । सबै सांसद एकढिक्का रहने छौं ।’

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ । उपेन्द्र यादवले चाहेमा मधेशमा गठबन्धन परिवर्तन गर्न सक्छन् । मधेशमा संसदीय अंकगणित अनुसार यो सम्भव देखिएको छ ।

मधेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा मात्र ६१ सांसद पक्षमा उभिएका थिए । जसमा जसपाकै १९ सांसद छन् ।

जसपाले वर्तमान गठबन्धन छाडेमा माओवादी र एमालेले नयाँ सरकार बनाउन सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको