
जनकपुरधाम:नेपालमा वार्षिक रूपमा ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दुई करोड ९१÷९२ लाखको हाराहारीमा जनसंख्या रहेको जनाएको छ ।
जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा तल रहेको कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले बताए । यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको उनले बताए ।
नेपालमा हाल दुई करोड ९१:९२ लाखको हाराहारीमा जनसंख्या छ । ०.९२ को दरले वार्षिक रूपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशतभन्दा तल छ । करिब ८० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलोपटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ ।
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनामा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वाग्मतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वाग्मती अन्तिममा पर्छ ।