वीरगञ्ज:पर्सा प्रहरीले दुई किलो भन्दा बढी चाँदीका गरगहनासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट एक युवकलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा बाराको फेटा गाउँपालिका वडा नम्बर ३ निवासी २० वर्षीय रोशन सोनारलाई चेकजाँच गर्दा २ किलो १७३ ग्राम चाँदी जस्तो देखिने धातुका गहना फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका रोशनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको