जनकपुरधाम:देशभरका ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि २०८० अनुसार ती भवनहरुका लागि संघीय सरकारले पालिका अनुसार विनियोजित रकम निकासा गरिएको हो ।

शहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विभागले भवन बन्ने स्थानीय तहका लागि छुट्याइएको रकम समेत निकासा गरेको जनाइएको छ । जसमा अघिल्लो आर्थिक वर्षमा भवन बनाउन रकम पाउने निर्णय भएर यसवर्ष ठेक्का लागेका १० वटा पालिकासमेत समावेश गरेको बताएको छ ।

विभागका अनुसार भवन निर्माण सम्पन्नतर्फ ७३ पालिकाका लागि ४ अर्ब १० करोड ७० लाख, निर्माण हुने भवनका लागि १ अर्ब ५३ करोड निकासा गरिएको हो । अघिल्लो आर्थिक वर्षमा रकम माग गरेका तर चालु आर्थिक वर्षमा ठेक्का लागेका १० वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि पनि १२ करोड गरी १ अर्ब ६५ करोड रुपेयाँ निकासा गरेको छ ।

विभागका अनुसार निर्माणाधिन भवनतर्फ कोशी प्रदेशका १३ वटा, मधेशका ८ वटा, बागमतीका ५ वटा, गण्डकीका ३ वटा, लुम्बिनीका ७ वटा, कर्णालीका ९ वटा र सुदरपश्चिमका ७ वटा स्थानीय तह छन् । भवन बनाउन एउटा पालिकाले १२ देखि ५० लाख रुपैयाँसम्म अनुदान पाएका छन् ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा भवन निर्माण सम्पन्न, भवन निर्माणाधीन रहने र ठेक्का सम्झौता लागेका गरी मधेश प्रदेशका १४ पालिकाका लागि ५ करोड २ लाख रुकम विनियोजन गरिएको छ ।

विभागले जनाए अनुसार भवन निर्माणधिन रहेकातर्फ रकम विनियोजन गरिएका मध्ये मधेशका सिरहाको सिरहा नगरपालिकाले ३५ लाख, महोत्तरीको बर्दिबास नगरपालिकाले ३० लाख, पिपरा गाउँपालिकाले १० लाख, सप्तरीको सप्तकोशीले १५ लाख, सुरुङ्गा नगरपालिकाले २५ लाख, रौटहटको कटहरिया नगरापालिको ४५ लाख, परोह नगरपालिका २० लाख, पर्साको पटेर्वा सुगौली गाउँपालिकाले ३० लाख रुपैया पाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा रकम माग गरी यस वर्ष ठेक्का लगाएर रकम निकासा पाएका १० पालिका मध्ये कोशीका ५, मधेशको १, बागमतीका ३ र सुदूरपश्चिमको एउटा पालिका छ । गत वर्ष मधेशका सिरहाको नवराजपुर गाउँपालिकाका लागि १२ लाख रुपैया छुटयाइएको छ । नवराजपुर गाउँपालिकाको ठेक्का सम्झौता भई काम शुरु रहेको छ ।

यसैगरी चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भनिएका देशका ७३ वटा पालिकाका लागि समेत ४१ अर्ब ७ करोड रुपैया विनियोजन गरिएको छ । विभागका अनुसार यी मध्ये मधेश प्रदेशका ५ पालिका रहेका छन् । भवन निर्माण सम्पन्न गर्ने मध्ये मधेशका सर्लाहीको विष्णुपुर गाउँपालिकाका लागि ८० लाख, महोत्तरीको मनरासिस्वा नगरपालिकाका लागि ४० लाख, लोहारपट्टी नगरपालिकाका लागि ६० लाख, सप्तरीको कंचनरुप नगरपालिकाका लागि ६० लाख र बाराको कलैया उपमहानगरपालिकाका लागि ४० लाख रुपैया विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको