
जनकपुरधाम:जनकपुरधाममा जारी अन्तर प्रदेश सहिद कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएका खेलमा सुदूरपश्चिम प्रदेश र जनकपुरधाम–११ विजयी भएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघ र सहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भइरहेको प्रतियोगिता अन्तर्गत खेलमा बागमती प्रदेशलाई सुदूरपश्चिम प्रदेशले ७ रनले पराजित ग¥यो ।
सुरुमा व्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले ४ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । प्रतिउत्तरमा व्याटिङ्ग गरेको बागमती प्रदेशले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो ।
दोस्रो खेलमा जनकपुरधाम–११ ले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । सुरुमा व्याटिङ्ग गरेको लुम्बिनी प्रदेशले २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । १४० रनको लक्ष्यसहित ब्याटिङ गरेको जनकपुरधाम–११ ले १६.५ ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।
३ ओभर १ बल र ५ विकेट बाँकी छदै वर्षा शुरु भएका कारण खेल हुन नसकेपछि डिएलए मेथडद्वारा जनकपुरधाम–११ विजयी भएको हो । विजयी भएको दूबै टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।