जनकपुरधाम:सहकारी ठगी प्रकरणमा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई महान्यायधिवक्ताको कार्यालय क्लिन चिट दिएका छन् ।

कांग्रेसले रवि लामिछाने सहकारी ठगीमा मुछिएकाले उनीमाथि संसदीय छानबिन गर्नुपर्ने आवाज उठाउँदै संसद बैठक चल्न नदिने अडान लिइरहँदा लामिछाने विरुद्ध कुनै उजुरी र मुद्दा मामिला नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयले वैशाख २४ गते क्लिन चिटको पत्र दिएको हो ।

लामिछानेले मागेको जानकारी अनुसार सहायक न्यायाधिवक्ता अनुकूल बारकोटीले उपलब्ध गराएको लिखित पत्रमा रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा लामिछानेविरुद्ध कुनै उजुरी तथा जाहेरी अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यहाँले यस कार्यालयमा जानकारी पाउँ भनी पेश गर्नु भएको दर्ता नम्बर १४०५१ मिति २०८१।०१।१० गतेको निवेदन मागका सन्दर्भमा रुपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सुर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्नता रहे नरहेको र कुनै उजुरी परेको, अनुसन्धान वा अभियोग पत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देही, चितवन र कास्कीमा बुझि पठाउँदा यहाँ उपर हालसम्म कुनै उजुरी÷जाहेरी, अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकोले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले गृहमन्त्री लामिछानेले पदको दुरुपयोग गरी महान्यायाधिवक्ता कार्यालयलाई मेराबारेमा मुद्दा मामिला र म दोषी छु कि छैन भनेर पत्र लेख्न लगाएको त्यो पत्रले देख्दा पुष्टि भएको बताए । यद्यपि लामिछानेले २ करोड रुपैयाँ सुप्रिम सरकारीबाट लिएको पुष्टि भने भइसकेको छ । जुन विषय सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।

लामिछानेले आफूविरुद्ध कुनै मुद्दा मामिला र उजुरीसमेत नरहेको भनेर महान्यायाधिवक्ताको कार्यालयले दिएको क्लिन चिट देखाएको बैठक भने निष्कर्षविहीहीन बनेको थियो । वैशाख २८ मा बस्ने संसद बैठक सहज रुपमा चलाउने प्रयासस्वरुप सभामुखको आह्वानमा भएको उक्त बैठकमा कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको