जनकपुरधाम:राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याज बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर एक जनाले आत्महत्या गरेपछि अभियानले देशव्यापी कार्यक्रम अन्तर्गत जनकपुरधाममा समेत बिरोध प्रदर्शन गरेको हो ।

बर्दियाका खुशीराम चौधरीले एभरेष्ट बैंक तथा ज्योती विकास बैंकबाट ब्याज लिएका थिए । सोही बैंकहरुको ब्याजको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि अभियान आन्दोलित भएको हो ।

अभियानको जनकपुरधाम अञ्चलका संयोजक सुरेन्द्रमणि शर्माको अगुवाईमा बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपीरहेका पीडितहरुले जनकपुरधामस्थित ज्योती विकास बैंक र एभरेष्ट बैंक अगाडी बिरोध प्रदर्शन गरेका हुन् ।

अभियानका संयोजकले बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजको नाममा मारिरहेकाले आफूहरुलाई बैंक तथा वित्तिय संस्थाहरुको अन्याय बिरुद्ध उतरिनु परेको बताए । उनले भने ‘ऋणीहरुले समय मात्रै मागी रहेका छन्, पैसा दिन्नौँ भनेका छैनन् तर दिनहुँ बैंकले दिने गरेको तनावका कारण निर्दोषले ज्यान गुमाउनु परिरहेको छ ।’ यो अन्याय बिरुद्ध त कसैले बोल्नै पर्छ ।’ त्यसैले हामी बैंक तथा वित्तिय संस्थाहरुको अन्याय बिरुद्ध उतरिएका हौँ ।

प्रदर्शनको क्रममा पीडितहरुले यस्तो बैंक चाहिदैन, निर्दोष मार्न पाइदैन लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको