जनकपुरधाम:राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली–सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरिएको हो ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पु¥याउने छ ।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने प्राविधिकहरूले बताएका छन् ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पु¥याइने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको यो योजनालाई उनले मधेश प्रदेशको समुन्नतिको प्रमुख आधारशीला भनेर व्याख्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको