जनकपुरधाम:मधेस प्रदेशका गृहसंचार तथा कानून मन्त्री राजकुमार लेखीले महोत्तरी जिल्लास्थित नेपाल भारत सीमा नाकाको अनुगमन गरेका छन् ।
मन्त्री लेखीले महोत्तरी जिल्लास्थित भारतीय सीमासंग जोडिएको भिठामोड तथा सम्सी नाकाको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा मन्त्री लेखीले सीमा नाकाको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी समेत लिए ।
पछिल्लो समय मधेस प्रदेशमा विभिन्न अपराधिक कृयाकलापमा भारतीय सीमा नाकाको प्रयोग गरिएको पाइएकाले सीमा नाकाको अवस्थाबारे बुझ्ने उद्देश्यले निरिक्षण तथा अनुगमन गरेको जानकारी दिए । उनले सीमा नाकामा हुने गरेका चोरी निकासी, अपराधिक कृयाकलाप, लागु पदार्थ दुव्र्यसन नियन्त्रणका लागि चाल्नक सकिने कदमका बारेमा समेत विमर्ष गरिएको बताए ।
भीठामोड तथा सम्सी नाकाको अनुगमन गर्नु भएका मन्त्री लेखीले दूबै नाकामा राजश्व संकलन ८५ प्रतिशत भन्दा बढी भएको जानकारी दिए । यसका साथै शान्ति सुरक्षाको स्थिति समेत राम्र पाएको उनले बताए । यद्यपि सीमानाका चोरी निकासी, लागु पदार्थ दुव्र्यसन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई आफूले निर्देशन दिएको बताए । सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनुका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसार पसारमासमेत उच्च निगरानी गर्न आफूहरु अग्रसर रहेको बताए ।