जनकपुरधाम:जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पालिकामा काजमा खटाएको भन्दै नेकपा एमाले जनकपुरधाम नगर कमिटीले आपत्ति जनाएको छ । शिक्षा निति विपरित विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गर्दै आईरहेका प्रधानाध्यापक मोदनारायण राउतलाई पालिकामै काजमा खटाएको भन्दै एमालेको नगर कमिटीले आपत्ति जनाएको हो ।

एमाले नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको अगुवाईमा नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा समितिले गरेको अन्यायपूर्ण निर्णयलाई सच्याउँदै प्रधानाध्यापक राउतलाई पुनः सोही विद्यालयमा यथास्थानमा राख्न माग गरिएको छ ।

राम्रो विद्यालय राम्रो शैक्षिक व्यवस्थापन भई रहेको, अवस्थामा पुरस्कार दिनुको साटो दण्ड स्वरुप नगरपालिकामा काजमा तान्नु शिक्षा नीति विपरित कार्य हो । यस कार्य प्रति हाम्रो पार्टीको नगर कमिटीको घोर आपत्ती छ । तसर्थः उक्त पूर्वाग्रही निर्णय सच्याउन अनुरोध छ उल्लेख गरिएको छ । निर्णय नसच्याइए आन्दोलनमा जान वाध्य हुने एमाले नगर कमिटीले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको