जनकपुरधाम:कुसुम फाइनान्स क्लवले स्टक ब्रोकर एसोसिएसनसंगको सहकार्यमा वीरगंजमा नेशनल स्टक पिचिंग प्रतिस्पर्धाको आयोजना गरेको छ ।

विरगंजमा आयोजना गरिएको स्टक पिचिंग प्रतिस्पर्धामा बुल्स एण्ड बियर ब्रिगेडले प्रदेश स्तरीय राष्ट्रिय स्टक पिचिंग प्रतिस्पर्धाको उपाधी जितेको हो । प्रतिस्पर्धामा ४ वटा टिमको सहभागिता रहेकोमा ४ जना प्रतिस्पधीमा विजयी भएका हुन् । विजयी हुनेहरुमा शैलेश जयसवाल, खुशी साह, दिगम्बर साह र आकाश सिंह राजपुत रहेका छन् । विजेताहरु चारै जना काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा सहभागी हुने क्लवका मधेस संयोजक आयुश रौनियारले जानकारी दिए ।

स्टक पिचिंग प्रतिस्पर्धाका प्रमुख अतिथि मधेस विश्व विद्यालयका रजिष्ट्रार विजय कुमार यादव रहेका थिए भने प्रतिस्पर्धाको निर्णायक मण्डलमा प्रभु बैंकका मधेस प्रदेशको उपप्रबन्धक शिवनाथ साह रहेका थिए । विजयी हरुले १५ हजार पुरस्कार जितेका छन् जसमध्ये ५ हजार कैश प्राप्त गरेका छन् भने बाँकी १० हजार स्मार्ट हेल्थले सहयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको