जनकपुरधाम:मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी गोविन्द न्यौपानेले ऐन कानूनको अभावमा मन्त्रालय चलाउन समस्या भईरहेको बताएका छन् ।
जनकपुरधाममा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री न्यौपाने ऐन कानून नहुँदा चाहेर पनि कतिपय काम गर्न नसकेको बताए । उनले भने ‘मेरो यस्तो मन्त्रालय जुन ६ वर्षसम्म राम भरोसे नै चल्यो, यो अवधिमा न ठोस कानून बन्न सक्यो न ऐन नै ।’ यद्यपि अब ऐन कानूनहरु बन्ने प्रकृयामा छन् आउने दिन काम गर्न सहज हुने मन्त्री न्यौपानेको भनाई थियो ।
उनले जनताले सेवा पाउने गरी ठोस काम गर्नका लागि तीनै तहको सरकार बिच समन्वय गरेर एकिकृत योजना ल्याउनु आवश्यक रहेको समेत बताए ।
एक अर्को प्रसंगमा मन्त्री न्यौपानेले मानव जीवन स्वस्थ रुपमा बाँच्नका लागि पशु स्वास्थ्यको खयाल गनुपर्नेमा जोड दिए । पशुहरुको स्वास्थ्यका कारण मानव स्वास्थ्य समेत प्रभावित हुँदै आईरहेकाले यस तर्फ ध्यान तीनै तहको सरकारले पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसैले पशु चिकित्सकहरुको बृति विकासका नयाँ नयाँ योजनाहरु लागु हुनु पर्छ । उनले भने ‘बोल्न नसक्ने जीवलाई उपचार गरेर पशु चिकित्सकहरुले ठूलो गुण लगाएका छन, मानवको उपचार गर्नेहरु चिकित्सक त भइ नै हाले तर पशु चिकित्सकहरु म्हान चिकित्सक हुन् ।
अभिमुखिकरण गोष्ठीमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदका अध्यक्ष देवेन्द्रप्रसाद यादव, उपाध्यक्ष जनकबहादुर रावल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।