जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ ।

आज जनकपुरधाममा बसेको दलको बैठकले आफ्नो पार्टी नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए ।

उनले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने बुँदाका विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदिय दलको बैठकमा पुर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले बताए । उनले काम विशेषले पुर्व मुख्यमन्त्री राउत बाहिर रहेकाले दलको बैठकमा उपस्थित हुन नसकेको बताए । उनले यस अघिको बैठकमा अलिअलि असन्तुष्टि र नोकझोक पनि हुने गरेको तर आजको बैठकमा सबैजनाको एकमत र सौहादपुर्ण वातावरण रहेको समेत बताए ।

बैठकबाट संसदिय दलले विभिन्न ५ वटा निर्णयहरु गरेको छ । बैठकमा मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने ।

षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने निर्णय गरिएको छ ।

त्यस्तै मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने, आगामि जेठ २८ देखि ३० गते सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ–आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने र निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको