जनकपुरधाम:पर्सामा आफ्नै ५ महिनाको छोराको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० साउन २७ गते बिहान ९ बजे पर्साको वीरगञ्ज महानगरपालिका १७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीले ५ महिनाको छोराको घाँटी छिचेर हत्या गरेको आरोप छ ।

बिहान ९ बजे घरमा कोही नभएको अवस्थामा उनले छोराको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।

उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन् ।

२०८० कात्तिक १९ गते अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको