जनकपुरधाम:नेपाली कांग्रेस राष्ट्रिय सभा सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरिन् । अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् । सांसद पन्तले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन्। उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ। छ? मानिन्छ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ। यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ। हामी इज्जतदार नागरिक हुनुपर्छ। नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो। त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको