
जनकपुरधाम:प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट दर्ताको क्रममा रहेको बताए ।
ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ । संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा जिकिर गरिएको छ ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन् ।