काठमाडौँ:दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दनाका फ्यानहरू यतिबेला ‘पुष्पा २ः द रुल’ हेर्न आतुर छन् । फिल्मका धेरै पात्रको लुक्स सार्वजनिक भइसकेको छ ।

यस बाहेक दुई गीत पनि रिलिज भएका छन् । फिल्मको नयाँ रिलिज मिति डिसेम्बर ६ मा तोकिएको थियो । तर यो मितिमा पनि फिल्म रिलिज हुनेमा अन्योल देखिएको छ ।

तेलुगु १२३ मा आएको एक रिपोर्टअनुसार पुष्पा २ को रिलिज मिति फेरि पछाडि धकेलिएको अफवाह चलिरहेको छ । यसअघि फिल्म यही अगस्ट १५ मा हलमा आउने भनिएको थियो तर सुटिङ पूरा नभएपछि यो मिति सारेर सन् २०२४ डिसेम्बर ६ मा पु¥याइयो । फिल्ममा अर्जुनले निर्वाह गरेको चरित्रका लागि दाह्री निकै जरुरी छ । अनियमित सुटिङ तालिकाबाट बेखुस अभिनेताले आफ्नो दाह्री काट्न लागेको खबर पनि आएको थियो ।

यी अफवाहबिच अब फेरि एक पटक अल्लु र रश्मिकाका फ्यानका लागि निराश खबर आएको छ । ‘पुष्पा २ः द रुल’ रिलिज अर्को वर्षसम्मका लागि स्थगित हुने सम्भावना बढेको छ । केही अघि निर्देशक सुकुमारले फिल्मको छायांकन दुई महिना भित्र पूरा गर्ने योजना बनाएको खबर पनि आएको थियो ।

अल्लु अर्जुन र रश्मिका मन्डन्नाका अलावा ‘पुष्पा २ः द रुल’मा फहद फाजिल पनि भिलेनको भूमिकामा छन् । फिल्ममा सुनिल, राव रमेश, अनसूया भारद्वाज र जगदीशको पनि शीर्ष भूमिकामा रहनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको