
जनकपुरधाम:नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जनकपुरधामस्थि डियूटीमा रहेका श्री जानकी आँखा अस्पतालका कर्ममचारी र चिकित्सकमाथि हातपात गर्नेहरुलाई कारवाही गर्न माग गरिएको छ ।
शनिवार श्री जानकी आँखा अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरी डियूटीमा रहेका चिकित्सक र जिम्मेवार अधिकृत कर्मचारीमाथि हातपात गरिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग सम्बन्धित निकायसँग गरेको छ ।
विज्ञप्तिमा विगत ४० वर्षदेखि आँखा स्याहार जस्तो मानवीय सेवा पुर्याउँदै आएको जानकी आँखा अस्पतालमा विरामी परिक्षण गरिरहेको अवस्थामा एक अराजक समूहले मेडिकल सुपरिटेन्डेन्ट डा. आिशष बोहरा, प्रशासकीय अधिकृत दीपेन्द्र सिंहलाई हातपात, अस्पतालको ढोका र उपकरणहरुमा तोडफोड गरेको उल्लेख गरेको छ ।
यस्तो अमानवीय र निन्दनीय कार्यमा संलग्न सल्लाहकार र दवाव समूहको नामधारी अस्पतालसंवद्ध सरोकारवालाहरु, केही पूर्व कर्मचारीहरु, घटनामा संलग्न हले अन्य नीजी अस्पतालको स्वार्थमा लागेका चिकित्सकहरु र उक्साउने व्यक्तिहरुमाथि तत्काल कानुनी कारवाही गर्न माग गरेको छ । साथै आँखा सेवालाई व्यापारिकरण गर्न उद्यत केही स्थानीय नीजि अस्पतालको स्वार्थ परिपूर्ति गर्न प्रेरित समूहको प्रयत्नहरुलाई निस्तेज गर्न अपील समेत गरेको छ ।
दैनिक ५ सयभन्दा वढी विरामीहरुको ओपिडी सेवा, सल्यक्रिया, अन्तरंग सेवा साथै, आपत्कालीन सेवा मा तल्लीन जानकी आँखा अस्पतालका चिकित्सक, प्राविधिक र प्रशासनिक कर्मचारीहरुमाथि परेको मानसिक त्रासलाई तत्काल सम्वोधन गर्न नसकिए र शान्ति सुरक्षाको वातावरण नभए विरामीहरुको सेवामा गम्भीर असर पर्ने जनाएको छ ।