जनकपुरधाम:नेपाल वैश्य कल्याण महासंघले आफ्नो विधानमा गरेको संशोधनलाई विधान संशोधन अधिवेशन मार्फत पारित गरिएको छ । शनिबार महासंघको भएको विधान संशोधन अधिवेशनमा विधान संशोधन समितिका संयोजक राजकुमार साहले प्रस्तुत गरेको संशोधनलाई आजीवन सदस्य तथा संरक्षक सदस्यहरुले सर्वसम्मतिले पारित गरेका हुन् ।

विधान संशोधन मार्फत संस्थालाई संस्थागत रुप दिनुका साथै संस्थागत सदस्य राख्ने, प्रदेश कमिटी, संरक्षक समिति निर्माण, महिलालाई ३३ प्रतिशत आरक्षण सहितको संशोधन गरिएको महासंघका अध्यक्ष अमरनाथ गुप्ताले जानकारी दिए । यी संशोधनले महासंघलाई थप उर्जाका साथ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष गुप्ताले बताए ।

यस अघि नेपाल वैश्य कल्याण महासंघको धनुषा जिल्ला कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको थियो । सो कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको