काठमाडौ:कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस रकमसहित पक्राउ परेका कर्णविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्तिलाई माफी मिनाहाका लागि सहजीकरण गरिदिने भन्दै कर्णले घुस मागेका थिए । उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा कर्णले चौकीदारलाई पदबाट हटाउने र अरु कुनै सुविधा नदिने तथा माफी मिनाहाको लागि सिफारिस गर्दा असहयोग गर्ने चेतावनी दिएको पाइएको थियो ।

साथै उनले उपहार स्वरूप ५ हजार मूल्य पर्ने जुत्ता र १ लाख २६ हजार ४ सय पर्ने एलईडी टेलिभिजन गरी जम्मा १ लाख ३१ हजार ४ सय रुपैयाँ लिएको पुष्टि भएको थियो । कर्णले १ लाख ३१ हजार ४०० रुपैयाँको सामान र १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनीविरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ । यसका साथै १ लाख ३१ हजार ४ सय रुपैयाँ बराबरको बिगो जफतको मागदाबी पनि आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको