जनकपुरधाम:जनकपर–जयनगर– भङ्गहा रेलको ट्रयाक तथा लिकको मरम्मतका लागि भारत सरकार सहमत भएको छ ।
जयनगरवाट जनकपुरधाम हुदै महोत्तरीको भङ्गहासम्म ५२ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ । सञ्चालनमा आएको दुई तीन वर्षमा मरम्मत गर्नुपर्ने भएकाले नेपाल रेल्वे कम्पनीले नेपाल सरकार मार्फत भारत सरकारलाई आग्रह गरेपछि भारत मरम्मतका लागि सहमत भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
रेल्वे ट्रयाक, स्लीपर, लीक तथा अन्य प्रकारको उपकरणहरुको मरम्मतमा करिव १७ करोड खर्च हुने र नेपालसंग प्राविधिक पनि नभएकाले भारत सरकारलाई नै प्राविधिक सहितको सहयोग गरि दिनका लागि आग्रह गरेपछि भारत सरकार मरम्मतका लागि सहमत भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
रेल्वेको मरम्मतका लागि चाडै प्राविधिक सहितको आवश्यक सामानहरु भारतबाट आउने भएको छ । २०७८ साल देखि जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ । पछिल्लो चरणमा महोत्तरीका भङ्गहासम्म रेल सेवा विस्तार भएपछि अहिले त्यहासम्म नियमित रुपमा सेवा सञ्चालनमा रहेको छ ।
रेल सेवा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी, सिरहा जिल्लाका जनता प्रत्यक्ष रुपमा र देश तथा भारतका जनतालाई जनकपुरधाम आउँ जाउँ गर्नमा ठूलो मद्दत पुगेको छ । यसले जनकपुरधामको पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत पुगेको छ ।