जनकपुरधाम:घरमा लुकाइछिपाइ राखेको ५० किलो लागूऔषध गाँजासहित प्रहरीले ठोरी गाउँपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौ रहेकी छिन् ।
प्रहरीले उनको घरमा बिहीबार राति छापामारी खानतलासी गर्दा घरको कोठाको बक्स पलङभित्र लुकाइछिपाइ राखिएको गाँजा बरामद गरेको हो । उनीविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट शुक्रबार ५ दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।