काठमाडौँ:बंगलादेशमा नयाँ चरणको प्रदर्शनमा २० भन्दा बढीको ज्यान गएको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र ‘स्टन ग्रिनेड’ प्रहार गरेको थियो ।
राजधानी ढाका, उत्तरी जिल्लाहरू बोगुरा, पब्ना र रंगपुर, पश्चिमको मागुरा, पूर्वको कोमिल्ला र दक्षिणको बरिसाल र फेनीमा मानिसहरूको मृत्यु भएको प्रहरी र चिकित्सकहरूले जनाएका छन् ।
सरकारले कर्फ्यु लगाइने बताएको छ ।
आरक्षण प्रणाली अन्त्यको माग राख्दै गत महिना भएको प्रदर्शनमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो ।
अदालतले आरक्षणलाई ५ प्रतिशतमा झार्दै सो मुद्दा टुंग्याए पनि विपक्षीहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन् । सो हिंसा र अत्यधिक बलप्रयोगकका लागि सरकार जिम्मेवार रहेको उनीहरूको भनाइ छ ।
कतिपय स्थानमा विपक्षी र सत्तारुढ अवामी लिगका कायृकर्ताबीच झडप भएको खबर समेत छ ।
प्रदर्शनकारीले जनतालाई कर, शुल्क नतिर्न आह्वान गरेका छन् । ब्यांक, कारखाना खुलेपनि आइतबार मानिसहरूलाई काम जान बाधा परेको थियो ।
प्रदर्शनकारीले बंगबन्धु, शेख मुजिब मेडिकल युनिभर्सिटीका केही सवारी साधनमा आगजनी गरेका छन् ।