जनकपुरधाम:नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिहरुले केन्द्रले हस्तक्षेप गरेको गुनासो गरेका छन् । केन्द्रीय कार्यसमितिमा ११ वटा एजेण्डामाथि धारणा राख्ने क्रममा आमन्त्रित प्रदेश सभापतिहरुले केन्द्रले हस्तक्षेप गरेको गुनासो गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

तर, प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको जिकिर गरे ।

उनले भने, ‘प्रदेश सभापतिले प्रदेश संरचनाको विषयमा बोल्नुभएको छ । कांग्रेसले कुनै हस्तक्षेप गरेको छैन । सरकार बनाउने क्रममा सम्बन्धित प्रदेशको संसदीय दललाई अधिकार दिएको छ, अरु देशमा केन्द्रबाटै गएर निर्देशन दिने प्रचलन छ । हामीले सामान्य सुझाव दिएका हौं । सबै अधिकार त्यहाँकै साथीहरुलाई दिएका छौं ।’

प्रदेश सभापतिपछि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आजबाट सुरु भएको बताए । बैठक निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको बताए ।

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको