जनकपुरधाम:धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले धनुषा सबैला नगरपालिका–१३ बस्ने ५६ वर्षीय पवन महतोलाई बिहीबार पक्राउ गरेको हो ।
पूर्वशिक्षक महतोमाथि २०६५ सालमा स्थानीय नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेको आरोप लागेको थियो । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०८० माघ ८ गते महतोलाई जन्मकैदको सजाय सुनाएको थियो । घटनापछि फरार भएका महतो सबैला बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई आवश्यक कारर्वाहीका लागि प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको छ ।