जनकपुरधाम:देशका १७ वटा ठूला अस्पतालले आफ्नो सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष रिपोर्ट कार्ड बुझाएका छन् ।

अस्पतालहरुले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड आज मन्त्रालयमा बुझाएको सो मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

मन्त्री प्रदीप पौडेलको ९ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कोर्ड बुझाएको उनले बताए । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिन बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशतभन्दा बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको जनाएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा साधारण बहिरङ्ग सेवा विहान ९ देखि ४ बजेसम्म प्रवाह गरिएको छ । अस्पतालले अनलाइन टिकटको सेवा पनि सुरु गरेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

रिपोर्टमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँले २४सै घण्टा आकस्मिक शल्यक्रिया सेवा सुरुआत गरेको उल्लेख गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र बहिरङ्ग सेवा (ओपिडि)का लागि एक महिनामा पालो आउने व्यवस्था मिलाएको जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ । अनलाइनबाटै प्रयोगशाला रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले रिपोर्टमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको