जनकपुरधाम:निजामती कर्मचारीलाई तत्काल आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

निजामती कर्मचारीहरुको सरुवा हुने तथा काज÷कामकाजमा खटाइने गरेकोमा सो बमोजिम कतिपय निजामती कर्मचारीहरुको वैयक्तिक विवरण अद्यावधिक भएको नदेखिएको भन्दै मन्त्रालयले तत्काल विवरण अद्यावधिक नभएका कर्मचारीहरुले राष्ट्रिय किताबखाना (निजामती)मार्फत आफ्नो वैयक्तिक विवरण अद्यावधिक गराउन निर्देशन दिएको हो ।

निजामती सेवा ऐन, २०४९ कर्मचारी समायोजन ऐन, २०७४ तथा निजामती सेवा नियमावली, २०५० अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सेवा÷समूह सञ्चालन गर्ने मन्त्रालय तथा अन्य मन्त्रालय÷निकायबाट निजामती कर्मचारीहरुको सरुवा हुने तथा काज÷कामकाजमा खटाइने गरेकोमा सो बमोजिम कतिपय निजामती कर्मचारीहरुको वैयक्तिक विवरण अद्यावधिक भएको नदेखिएको हुँदा त्यस्तो विवरण अद्यावधिक गर्न मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको