जनकपुरधाम:कर्मचारीमाथी हातपात गरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले कामकाज ठप्प गरेका छन् । कार्यालय प्राङ्गण भित्रै कर्मचारीमाथि हातपात गरिएको विरोधमा त्यहाँका कर्मचारीले काम ठप्प गरी विरोधमा उतरिएका हुन् ।
नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडानम्बर ९ का मुकेशकुमार यादवले हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । घटनाको छानबिन गरी दोषीमाथि कारबाही नहुन्जेलसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।
कर्मचारीमाथी हातपात गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै कार्यालय भित्र काम गर्ने वातावरण तथा सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् ।