जनकपुरधाम:नेकपा एमालेका मधेस ईन्चार्ज लिलानाथ श्रेष्ठले एमाले देशकै नम्बर एकको पार्टी रहेको र यसलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । मधेसको ईन्चार्जको जिम्मेबारी पाएपछि मधेस झरेका श्रेष्ठले एमालेलाई थप मजबुत बनाउनका लागि कार्यकर्ताहरु बिचमा भावनात्मक एकताको आवश्यक्ता रहेको बताए । उनले पार्टी भित्र कतै कतै भावनात्मक एकताको अभाव रहेकाले कार्यकर्ताहरुलाई भावनात्मक एकताका साथ पार्टीलाई मजबुत बनाउने दिशामा काम गर्नका लागि निर्देशन दिए ।
उनले मधेसमा रहेका व्याप्त समस्या समाधानका लागि एमाले सबैभन्दा बढी गम्भिर रहेको दावी गरे । यसका लागि एमालेले मधेसका समस्याहरुको पहिचान गरी सो को समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले यी समस्याहरु संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरु मार्फत समाधान गरिने बताए ।
यसका साथै उनले मधेसका कतिपय जिल्लामा एमालेको बाँकी रहेको अधिवेशन बर्षाको मौसम समाप्त भएपछि हुने जानकारी दिए ।