जनकपुरधाम:जनकपुरधामको श्रीराम जानकी सुडी कुट्टीको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच नवनिर्वाीचत पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न भएको हो । सुडी कुट्टीको संरक्षक समितिका संयोजक बलराम महतोको अध्यक्षता एवं निवर्तमान अध्यक्ष रतन पूर्वेको उपस्थितिमा भएको कार्यक्रममा नवनिर्वाीचत कार्यसमितिलाई शपथ ग्रहण गराइएको थियो ।
साउन २६ गते श्रीराम जानकी सुडी कुट्टीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा रामबालक महतो निर्वाचित भएका थिए । निर्वाचनमा महतो प्यानलकै अधिकांश सदस्यहरु श्रीराम जानकी कुट्टीको कार्यसमितिमा निर्वाचित भएका थिए । कार्यसमितिको सदस्यहरुमा पुनम साह, संतोषकुमार साह, संतोषकुमार महतो, धर्वेन्द्र साह, अरुणकुमार नायक, सुजितकुमार महतो, विनोदकुमार साह, श्यामसुन्दर साह, नरेशकुमार महासेठ र रामवृक्ष महतो सुडी निर्वाचित भएका थिए ।