जनकपुरधाम:सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका दीपेशकुमार पुनसँग सोधपुछ गरेको छ ।शुक्रबार पुनसँग सोधपसछ गरिएको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शुक्रबार सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव दीपेशकुमार पुनलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको हो ।

सहकारीको रकम अपचलनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले आरोपितसँग सोधपुछ गरिरहेको छ ।

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको