काठमाडौँ:भारतीय निर्वाचन आयोगले जम्मु कश्मिर र हरियाणा राज्यको विधानसभा चुनावका लागि मितिको घोषणा गरेको छ । जम्मु कश्मिरमा ३ चरणमा विधानसभाको निर्वाचन सम्पन्न गरिने छ भने हरियाणामा एक चरणमै विधानसभाको निर्वाचन गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । जम्मु कश्मिरमा १८ सेप्टेम्बरमा ४३ र २५ सेप्टेम्बरमा ४७ विधानसभा सिटका लागि मतदान हुनेछ । भारतमा धारा ३७० हटेपछि जम्मु कश्मिरमा पहिलो पटक विधानसभाको चुनाव हुन लागेको हो ।

हरियाणाको ९०वटै विधानसभा सिटका लागि अक्टुबर १ तारिखमा मतदान हुनेछ । भारतीय निर्वाचन आयोगले उत्तर प्रदेश र बिहारको खाली रहेको विधानसभा सिटमा समेत उपनिर्वाचन गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको