जनकपुरधाम:कलाकारहरुको हकहित संरक्षण गर्ने अभिप्रायले मधेसका कलाकारहरुले मधेस प्रदेश कलाकार संघ गठन गरेको छ । पछिल्लो समय मधेसका कलाकारहरु उत्पीडनमा पर्दै आएको भन्दै कलाकारहरुको हकहित रक्षाका साथै उनीहरुको आवाज उठाउने उद्देश्यले मधेस प्रदेश कलाकार संघ गठन गरिएको हो ।
कलाकारहरुको बैठकबाट रोशनकुमार मिश्रको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति समेत चयन गरिएको छ । संघको उपाध्यक्षमा रिना यादव, महासचिवमा रमेश महतो, सचिवमा रितेश पाटली र कोषाध्यक्षमा अविजित चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अरुण विजया, प्रशान्त अरविन्द, वीरेन्द्र झा, सुस्मा साह, संजीव महासेठ र संतोषलाल दास चयन भएका छन् ।