जनकपुरधाम:गत जेठ २८ गतेदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबारसम्म १ सय ८१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको छ ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको