जनकपुरधाम:चालु आर्थिक वर्ष २०८१-०८२ को बजेट र काम गर्ने निकायको सुनिश्चितता नै नभएको अवस्थामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मसान घाटको शिलान्यास गरेको छन ।

मधेस सरकारले आफूअन्तर्गत रहेका मन्त्रालयहरूको रेड बुकमा परेका विकास निर्माणका कामहरूको सुरुवात गर्न अख्तियारी नै नदिएको खण्डमा पूर्व मुख्यमन्त्री राउतले वीरगञ्जमा एउटा मसानघाटको शिलान्यास कार्यक्रम आयोजना गरेको पाइएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को सिङहा नदीस्थित मसानघाट निर्माणका लागि मधेस सरकारबाट अख्तियारी नै नपाएको खण्डमा राउतले बुधवार शिलान्यास कार्यक्रम आयोजना गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यसमेत रहेका राउतले वीरगञ्ज – १६ का वडाध्यक्ष परशुराम चौरसीयासँग मिलेर कुनै किसिमको अख्तियारी नै नपाएको मसान घाटको निर्माण सुरु गर्न शिलान्यास कार्यक्रम आयोजना गरेका थिए ।

मसानघाट शिलान्यास पश्चात् त्यसको निर्माण के कसरी हुने जस्ता आधारभूत विषयहरू समेत हालसम्म टुङ्गो नलागेको अवस्थामा राजनीतिक स्टन्टबाजीका लागि राउतले शिलान्यास कार्यक्रम आयोजना गरेको स्थानीयहरूले गुनासो समेत गरेका छन् ।

वीरगञ्जस्थति पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक कुमार मिश्रका अनुसार पनि विकास निर्माणको कामहरू सुरुवात गर्न मधेस प्रदेश सरकारबाट हलसम्म आफूहरूले अख्तियारी नपाएको खण्डमा कुनै आधार बिना नै शिलान्यास कार्यक्रम राखिएको छ ।

निर्माण काम कसरी र कहाँबाट हुने, बजेटको व्यवस्थापन कहाँबाट हुने जस्ता आधारभूत विषयहरू टुङ्गो नै नलगाएको अवस्थामा शिलान्यास कार्यक्रम किन राखिएको हो भन्ने बुझ्न वीरगञ्ज – १६ का वडाध्यक्ष चौरसीयालाई पटक–पटक फोन गर्दा समेत उनी सम्पर्कमा आएनन् ।

काम कसरी हुने थाह नै नभएको अवस्थामा पूर्व मुख्यमन्त्री राउत र वडाध्यक्ष चौरसीयाले शिलान्यास कार्यक्रमको आयोजना गरेर जनतालाई मूर्ख मात्र बनाइरहेको भन्ने कुरा स्पष्ट हुन्छ । अख्तियारी र काम गर्ने बजेटको सुनिश्चितता नै नभएको विकास निर्माणको शिलान्यास गर्दा यसमाथि छानबिन गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको