जनकपुरधाम:सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि सहगाामी फाउण्डेशनले बिहिबार धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिका वडा नं. १ भुतहीपर्टर्वा स्थित महरानी माई आधारभूत विद्यालयमा झोला वितरण गरेका छन् । फाउण्डेशनका सचिव डा. अजय कुमार साहको अध्यक्षतामा सो विद्यालयमा उपस्थित एक सय २५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । सो वडाका अध्यक्ष रामसोभित दाहाको प्रमुख आतिथ्यमा भएको झोला वितरणमा विद्यालयका शिक्षकहरुले सघाएका थिए । फाउण्डेशको उद्देश्य अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुको शैक्षिक विकासका लागि शैक्षिक सामग्रीहरु सहयोग गर्ने योजना अनुसार झोला वितरण गरिएको स्थानीयबासी समेत रहेका सचिव डा. साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको