जनकपुरधाम:मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवका विषयमा चलिरहेको विवाद अन्ततः साम्य भएको छ । संघबाट स्वास्थ्य मन्त्रालयको सचिवमा डा. संजय ठाकुरलाई पठाउँदा हाजिरी हुन नदिएपछि विवाद सिर्जना भएको थियो । तर मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निमित्त सचिव डा. प्रमोद यादवलाई सरुवा गरेपछि २ महिनादेखि रहँदै आएको विवादको अन्त्य भएको छ ।

निमित्त सचिवको जिम्मेबारी पाएका डा. यादवले संघले पठाएको सचिव डा. ठाकुरलाई मन्त्रालयमा हाजिर हुन दिई रहेका थिएनन् भने प्रदेश सरकारले समेत उनलाई जिम्मेबारीविहिन बनाएर राखेको थियो । डा. ठाकुरले सर्वोच्चबाट अन्तरिम आदेश लिएर आउँदा मात्रै उनी मन्त्रालयमा हाजिर भएका थिए । प्रदेश सरकारले निमित्त सचिव यादवलाई सरुवा गरेपछि अब डा. ठाकुरले जिम्मेबारी समेत ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको