जनकपुरधाम:सप्तरीको राजविराज—छिन्नमस्ता भगवती मन्दिर सडक खण्ड निर्माणको माग गर्दै जनप्रतिनिधिहरु आन्दोलित भएका छन् ।

दशैँ नजिकिँदै गर्दा नेपाल र भारत दुवैतर्फबाट शक्तिपीठ छिन्नमस्ता जोड्ने सडक निर्माण नहुँदा आवागमनमा समस्या हुने र पर्यटकहरूको संख्या समेत कम हुने भन्दै स्थानीयवासी र जनप्रतिनिधिहरू विगतदेखि नै आन्दोलित छन् । उनीहरुले अबको आन्दोलन सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

’सडक निर्माणको ठेक्का लागेको छ, काम कछुवाको गतिमा भइरहेको छ, सडकमा चारैतिर खाल्डाखुल्डी मात्रै छन् । दैनिक सवारी दुर्घटना भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आइतबार सार्वजनिक आह्वान गर्दै भनेका छन्, ’सडक बनाइदिन सडक डिभिजन कार्यालय लहानमा पटक–पटक आग्रह गरÞ्यौँ, जनप्रतिनिधिहरु सडक डिभिजनमा धर्ना बस्यौँ, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर भन्यौँ । तर केही हुन सकेन ।’

सडकको दुरावस्थाका कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजन र पर्यटकहरुको संख्यामा कमी आएको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले राजविराज–छिन्नमस्ता–न्योर सडक निर्माणका लागी अब सिंहदरबार र संघीय संसद् वरिपरि नै आन्दोलन गरिने बताए ।

उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालयले २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा साह इन्जिनयरिङ्ग प्रालिलाई ठेक्का दिएको थियो । गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने सडकमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको