जनकपुरधाम:महोत्तरीमा एक वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा वडाध्यक्ष यादव मृत फेला परेका हुन् । यादव मृत फेला परेकै छेउमा लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको