जनकपुरधाम:३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै नेपाल प्रहरी पछि सशस्त्र प्रहरीहरू पनि सर्वोच्च अदालत पुगेका छन् । यसअघि नेपाल प्रहरीका अधिकृतहरू सर्वोच्च पुगेका थिए ।

प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले बुधवार (भदौ ५) मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए । ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी अधिकृतहरूले सहितले वारिसमार्फत रिट दायर गरेका थिए ।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ ६ गते सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको थियो ।

सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताब खानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको थियो । उनीहरूपछि सशस्त्रका प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको नेतृत्वमा १२ जनाले रिटमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको