मधेश प्रदेश सभाका महिला र सीमान्कृत समूहका सांसदहरुलाई कानून निर्माणमा खेल्नुपर्ने भूमिकाको क्षमता अभिवृद्धिका लागि तालिम दिइएको छ ।

संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी-पिएसपी) को सहयोग एवं मधेश प्रदेश सभाको समन्वयमा सिआइसी जनकपुरधामद्वारा तालिम दिइएको हो ।

सहभागीहरुलाई सहकर्ता संविधान सभा सदस्य एवं पूर्व संघीय सांसद मीनबहादुर विश्वकर्मा, अधिवक्ता मोहनलाल आचार्य, अधिवक्ता रिंकू यादव र यूएनडिपी-पिएसपीका डा. बिटुबाबु श्रीवास्तवले प्रशिक्षण दिएका छन् । तालिममा सहभागी महिला र सीमान्तकृत सांसदहरुले यस्ता तालिमले ज्ञान बढनुका साथै बोल्ने क्षमता र कानून निर्माणमा राम्रो भूमिका निर्वाह गर्न सक्ने क्षमतामा विकास हुने बताएका ।

पूर्व सांसद मिन विश्वकर्माले संसदीय नेतृत्व विकास, नागरिक संलग्नता र भाषणमा पोख्त कसरी हुने बारे प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षण दिदैं महिला र सीमान्तकृतहरुलाई कानून निर्माणमा नेतृत्ववर्गले अवसर दिनुपर्छ र अवसर प्राप्त गरेकाले विषयगत ज्ञानका लागि मेहनत गर्नुपर्ने आवश्य रहेको सुझाव दिएको थियो ।

प्रशिक्षक विश्वकर्माले नेता र नेतृत्व बारे जानकारी दिदैं असल र नेतृत्व कसरी गर्न सक्ने, नेतृत्व गर्न आवश्यक पर्ने गुण र प्रक्रियाका साथै राम्रो भाषण कसरी दिन सक्ने बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

तालिममा अर्का प्रशिक्षक मोहनलाल आचार्यले कानुन निर्माणमा महिला सांसदको भूमिका सम्बन्धमा प्रशिक्षण दिनुका साथै कानून निर्माणको प्रक्रिया, आवश्यक शर्त र कानून निर्माणमा सांसदले भाषा लगायतका के कस्ता कुरामा ध्यान पुराउन सक्ने र र सांसद समेत के कस्ता विधेयक आफै विधेयक दर्ता गराउन सक्ने बारे जानकारी गराएका थिए ।

तालिममा अर्का प्रशिक्षक यूएनडिपी-पिएसपीका डा. बिटुबाबु श्रीवास्तवले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनमा सांसदले खेल्न सक्ने भूमिका बारे बताएका थिए । सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले कानून निर्माणमा राम्रो भूमिका निर्वाह गर्न सक्ने हिसाबले महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्न यस्तो तालिम आयोजना गरिरहेको बताएका छन् ।

……………….

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको