भारतको गुजरात राज्यमा ३ दिनदेखि जारी वर्षाका कारण धेरै क्षेत्र जलमग्न भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भइसकेको छ ।

बाढीका कारण गुजरातका धेरै क्षेत्रमा मानिस अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ । मुसलधारे वर्षाले सौराष्ट्रका जताततै विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ ।

भारी वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ । खोलाको पानी आसपास क्षेत्रमा पसेपछि मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका छन् । गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जनालाई विस्थापित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको