मधेस सरकारले डिभिजन वन कार्यालयपछि यातायात कार्यालयका प्रमुखको सरुवाको तयारी गरेको छ । जनकपुरधाममा पाँच वर्षदेखि लगातार प्रमुख रहेका वीरेन्द्र साहलाई यातायात कार्यालय लहान सरुवा गर्ने तैयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । लहानका कार्यालय प्रमुख धनंजय सिंहलाई जनकपुरधाम र धर्मेन्द्र कर्णलाई वीरगञ्ज पठाइने बताइएको छ ।
जनकपुरधाम, लहान र वीरगञ्जको कार्यालय प्रमुखमा नवौ, दशौ तह अर्थात उपसचिवको दरबन्दी रहेको छ भने प्रदेशका अन्य स्थानमा सातौ तहका कर्मचारीलाई प्रमुख बनाउने गरिन्छ
अन्य जिल्लाको प्रमुख कसलाई बनाइने सम्बन्धमा अहिले तय भएको छैन । जसपा नेतृत्व गरेको सरकारमा मुख्यमन्त्री कार्यालय सरुवामा प्रमुख भूमिका खेल्ने गथ्र्यो अहिले मन्त्रीहरु प्रभावी देखिएका छन् । वन मन्त्रालयमा मन्त्री त्रिभुवन साहको चलेको छ । भने यातायात कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको चल्ने देखिएको छ । कार्यालय प्रमुख बन्न अधिकृतहरु लाखौ रुपैया खर्च गर्ने स्रोतले जनाएको छ ।
अहिले जनकपुरधाम कार्यालय प्रमुखमा वीरेन्द्र साह, वर्दिवास प्रमुखमा राजकिशोर साह, मलंगवा प्रमुखमा राकेश यादव, गौर प्रमुखमा अरविन्द दास, कलैया प्रमुखमा अहमद नबाज हुसैन, वीरगञ्ज प्रमुखमा कमल गौतम, सिरहा प्रमुखमा धनंजय साह र राजविराज प्रमुखमा कामेश्वर रोहित रहेका छन् । कार्यालय प्रमुखहरुको एकदूई दिन भित्रै सरुवा गरिने छ ।