जनकपुरधाम:विश्वप्रसिद्ध ख्याति प्राप्त कार कम्पनी सुजुकीले स्वीफटको नयाँ मोडेल एपिकस्वीफट चारपाँग्रे कार जनकपुरधाम बजारमा पनि ल्याएको छ ।

एपिकस्वीफ्ट मोडलको सो कारको एक समारोहका बिच जनकपुरधाम स्थित सुजुकीको आधिकारिक विक्रेता प्रमोद एण्ड ब्रदर्श अटोले सार्वजानिक गरेको छ । अटोका सञ्चालक युवा व्यवसायी प्रमोद कुमार साह, वरिष्ठ पत्रकार विरेन्द्र रमण तथा प्रेस मञ्च धनुषाका अध्यष अर्जुन मण्डलले सामुहिक रुपमा कार लञ्च गरेका छन् ।

सञ्चालक साहले सुजुकी पर्वोत्सव २०८१ योजना अन्तर्गत दशैं तिहारलाई लक्षित गर्दै सो नयाँ कार विद्युतिय कार जस्तै ५ वर्षका लागि शुन्य रनिङ्ग खर्च र विभिन्न सुविधा तथा आधुनिक सुरक्षा सहितको बजारमा ल्याएको बताए । कार किन्दा सुरुमा एक हजार लिटर पेट्रोल र पाँच वर्ष सम्मको सर्भिसिङ्ग र एसेसरिज, त्यसमा प्रयोग हुने मोबिल सहितका निशुल्क कम्पनीद्वारा उलब्ध गराइनेछ भन्ने सञ्चालक साहले जानकारी दिए ।

नेपालका लागि सुजुकी कारको अधिकारिक विक्रेता तथा सिजी होल्डिंग्जको अटोमोटिभडिभिजन सिजी मोटोकर्पले साथै ग्राहकका लागि चार लाख रुपैयासम्मको नगद छुट, एक वर्षको सवारी बीमा २० हजारसम्मको लोयल्टीबोनस एकलाख रुपैयासम्मको, एक्सचेन्ज बोनस २ लाख रुपैयासम्मको र सिट कभरसहित सो कार किन्दा दिने योजना समेत राखेको उनले जानकारी दिए ।

सो कारमा सुरक्षाका लागि ६ वटा एयर ब्याग, वायरलेस फोन चार्जर, क्रुजकन्ट्रोल, अटो हेडलाम्पस, ९ इन्जको एलसिडी, वायरलेश एप्पल कारप्ले एण्टीलक ब्रेकिङ्ग सिस्टम लगायतका फिचरहरु रहेको छ भने २५.७५ कि.मी प्रतिलिटर एभरेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको