काठमाडौ:चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच कार्य सम्पादन सम्झौता भएको छ । चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी र सञ्चार सचिव राधिका अर्यालबीच सो सम्झौता भएको हो ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कामको सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा सरकारको नीति तथा कार्यक्रमदेखि बोर्डले गर्ने वार्षिक कार्यक्रमहरु समावेश छन्। सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलमा सिनेमाको स्तरोन्नतीका योजनाहरु समेटिए। मन्त्री गुरुङले पनि सुझाव र निर्देशन दिएका थिए ।

सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनाको कार्य अवस्थाको प्रतिवेदन बुझाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चार मन्त्रालयले आफु मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको