ट्रम्प खेलिरहेका बेला गल्फ क्लबनजिकै गोली चल्यो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ क्लबनजिकै गोली चलेको छ । ट्रम्पको चुनावी अभियान टोलीले विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति सुरक्षित रहेको बताएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रम्प इन्टरनेसनल गल्फ कोर्स बाहिर दुई जनाबीच गोली हानाहान भएको हो । न्युयोर्क पोस्टले स्रोतलाई उद्धृत गर्दै गोली प्रहार गर्नेहरूले ट्रम्पलाई लक्षित नगरेको बताएको छ । त्यहाँ अहिलेसम्म कोही घाइते भएको खबर आएको छैन ।

मिडिया रिपोर्टका अनुसार ट्रम्प आफ्नो गल्फ कोर्समा खेलिरहेका बेला गोली चलेको हो । प्रहरीले गल्फ कोर्स बाहिरको झाडीबाट एके ४७ बरामद गरेको छ । गोल्फ कोर्स बाहिर भएको यस घटनाको जानकारी दिँदै डोनाल्ड ट्रम्प जुनियरले सामाजिक सञ्जालमा लेखेका छन्– साथीहरू, फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको ट्रम्प गल्फ कोर्समा फेरि गोलीबारी भएको छ ।

स्थानीय प्रहरीले नजिकैको झाडीबाट एक एके ४७ बरामद गरेको छ । ट्रम्पको अभियानले विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति ट्रम्प सुरक्षित रहेको पुष्टि गरेको छ । अहिले हामी सुनिरहेका छौँ कि एक संदिग्ध पक्राउ परेको छ ।

दुई महिनाअघि जुलाई १३ मा पेन्सिलभेनियामा चुनावी भाषण गरिरहेका बेला पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएको थियो । गोली ट्रम्प कान छेडेर गएको थियो । तर उनी बाँच्न सफल भए ।

सुरक्षामा गम्भीर त्रुटि भएको भनी आलोचना भएपछि पूर्वराष्ट्रपतिको सुरक्षा गर्ने एजेन्सीका निर्देशक किम्बर्ली चेटलले राजीनामा दिनुपरेको थियो । घटनामा ट्रम्पको भाषण सुन्न आएका एक व्यक्तिको मृत्यु भयो । तर, ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तत्कालै आक्रमणकारीलाई मारेका थिए । आक्रमणकारी २० वर्षीय थोमस क्रुक्स थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको