जनकपुरधाम:प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आउंदो असोज २ गतेका लागि तोकिएको छ । समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो ।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो। तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो ।

सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छलफल गरेको थियो । उनीसँग विशेष गरी राजदूतको सिफारिस समावेशी नभएको बारे छलफल भएको थियो ।

त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो । प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन् । उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको